काठमाडौँ । नेपाली कांग्रेसको पदाधिकारी बैठक आज पनि बस्ने भएको छ ।
पार्टीका नेता तथा पूर्व गृहमन्त्री बालकृष्ण खाँण पक्राउ परे पछि उत्पन्न परिस्थितिका बारेमा छलफल गर्नका लागि बैठक बस्न लागेको हो ।हिजोको बैठकमा खाँणकाबारेमा प्रारम्भिक छलफल भए पनि उनीमाथि प्रहरी अनुसन्धान जारी रहेको र सो अनुसन्धान परिपक्व नभएको भन्दै कुनै निर्णय गरिएको थिएन । एमालेले रायमाझीलाई निलम्बन गर्दा अब कांग्रेसले खाँणलााई के गर्ने हुन् ?
आज बस्ने बैठकले नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएका खाँणलाई निलम्बन गर्न सक्ने अनुमान गरिएको छ । यस अघि एमालेले सोही प्रकरणमा मुछिएका पार्टी सचिव टोप बहादुर रायमाझीलाई पार्टीबाट निलम्बन गरिसकेको छ ।