• असार ४ २०८२, बुधबार

परराष्ट्रमन्त्री विदेश भ्रमणमा व्यस्त,आज बंगलादेश जाँदै

बैशाख २८ २०८०, बिहीबार

काठमाडौँ ।  बुधबार बिहान मात्र बेलायतबाट फर्केका परराष्ट्र मन्त्री एनपी साउद आज बंगलादेश जाँदै छन् ।

‘छैटौं इन्डियन ओसन कन्फरेन्स–२०२३’ मा सहभागी हुनका लागि बिहीबार बंगलादेशको राजधानी ढाका जान लागेका हुन् ।हिन्द महासागर क्षेत्रको मजबुत भविष्यका लागि शान्ति, समृद्धि र सहकार्य गर्ने कार्यपत्रमा छलफल गर्नका लागि उक्त सम्मेलन आयोजना गरिएको छ ।

भारतको विदेश मन्त्रालय, इन्डिया फाउन्डेसन र बंगलादेशको विदेश मन्त्रालयले संयुक्त रूपमा सो कार्यक्रमको आयोजना गरेका हुन् । उक्त सम्मेलन शनिबारसम्म जारी रहनेछ ।

चाल्र्स तृतियाको राज्यभिषेक समारोहमा सहभागी हुन लागि गत साता मात्रै उनी बेलायत गएका थिए ।