काठमाडौं । कांग्रेसकी सांसद डा.आरजु देउवा राणाले प्रहरीको साइबर ब्युरोमा उजुरी दिएकी छन् । नक्कली भुटानी शरणार्थी प्रकरणमा आफ्नो नामसमेत जोडिएको अडियो सार्वजनिक भएको भन्दै उनले सो अडियोको उच्च प्रविधिबाट जाँच गरी दोषीमाथि कारबाही गर्न माग गरेकी छन् ।
केही दिन अगाडि सामाजिक सञ्जाल टिकटकमार्फत् दुई जनाबीच भएको कुराकानीमा आरजु र कांग्रेस केन्द्रीय सदस्य तथा सांसद मञ्जु खाँणले पैसा लिएको उल्लेख भएको थियो । आरजु कांग्रेस सभापति शेरबहादुर देउवाकी पत्नी हुन् भने मञ्जु यही प्रकरणमा बुधबार पक्राउ परेका बालकृष्ण खाँणकी पत्नी हुन् ।