काठमाडौं । कांग्रेस युवा नेताहरूले गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई भेटेर नक्कली भुटानी शरणार्थी प्रकरणको अनुसन्धान बिना दबाब अघि बढाउन आग्रह गरेका छन् । कांग्रेस नेता बालकृष्ण खाँण पक्राउ परेपछि कांग्रेसकै युवा नेताहरूले गृहमन्त्री श्रेष्ठलाई कसैको प्रभाव र दबाबमा नपरी अनुसन्धान प्रक्रिया अगाडि बढाएर दोषीमाथि कारबाही गर्न सुझाव दिएका हुन् ।
केन्द्रीय सदस्यद्वय मधु आचार्य, गोविन्दराज पोखरेल, नेताहरू गुरुराज घिमिरे, भूपेन्द्रजंग शाही, रञ्जित कर्ण लगायतले गृहमन्त्री भेट्न सिंहदरबार पुगेका थिए । नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाउने प्रकरणको अनुसन्धान अघि बढेकोमा उनीहरूले गृहमन्त्रीका कदम र प्रहरी प्रशासनका कामप्रति ऐक्यबद्धता समेत जनाए ।
केन्द्रीय सदस्यद्वय मधु आचार्य, गोविन्दराज पोखरेल, नेताहरू गुरुराज घिमिरे, भूपेन्द्रजंग शाही, रञ्जित कर्ण लगायतले गृहमन्त्री श्रेष्ठलाई भेटेर कसैको दबाबमा नपरी अनुसन्धानलाई सरकारले अघि बढाउनुपर्ने आग्रह गरे ।
कसैको दबाबमा नपरी शरणार्थी प्रकरणमा दोषीमाथि कारबाही गर्न आग्रह गरेका नेता रञ्जित कर्णले बताए । कर्णका अनुसार गृहमन्त्री श्रेष्ठले भ्रष्टाचार र कमिसन खोरको नेक्सस नतोडेसम्म राष्ट्र नबन्ने बताएका थिए । यसका लागि सरकार दृढतापूर्वक अघि बढ्ने गृहमन्त्रीले विश्वास दिलाएको उनले बताए । गृहमन्त्री श्रेष्ठलाई भेटेर कसैको दबाबमा नपरी अनुसन्धानलाई सरकारले अघि बढाउनुपर्ने आग्रह गरेका हुन् ।