काठमाडौं । सुनको मूल्य फेरि बढेको छ। बुधबार अघिल्लो दिनको तुलनामा सुनको मूल्य चार सय रूपैयाँले बढेको हो।
आज छापावाला सुन तोलामा एक लाख ११ हजार ६ सय रुपैयाँ पुगेको छ । मंगलबार एक लाख ११ हजार दुई सय रुपैयाँमा किनबेच भएको थियो। चाँदी आज पनि तोलामा एक हजार चार सय ४५ रुपैयाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।