एजेन्सी । ब्राजिलका स्ट्राइकर नेइमारले फ्रेन्च लिग वानको क्लब पेरिस सेन्ट जर्मन (पिएसजी) छाड्ने तयारीमा रहेका छन् ।
फ्रान्सका संचारमाध्यमका अनुसार नेइमारले यस सिजनको अन्त्यसँगै पिएसजीसँगको ६ सिजनको सहयात्रमा पूर्णविराम लगाउन लागेका हुन ।
सन् २०२१ मा नेइमारले पिएसजीसँग लामो सम्झौता गरेका थिए । तर समर्थकले निरन्तर आफ्नो पिएसजी बसाईविरुद्ध अभियना नै संचालन गरेपछि नेइमार बाहिरिन लागेका हुन ।