• असार ४ २०८२, बुधबार

नक्कली भुटानी शरणार्थी प्रकरणः पूर्वगृहमन्त्री खाणका पीए केसी पक्राउ

बैशाख २७ २०८०, बुधबार

काठमाडौं । भुटानी शरणार्थी बनाएर अमेरिका पठाइदिने भन्दै भएको ठगी प्रकरणको अनुसन्धानका लागि पूर्वगृहमन्त्री तथा नेपाली कांग्रेसका नेता बालकृष्ण खाणका सहयोगी (पीए) नरेन्द्र केसी पनि पक्राउ परेका छन्।

प्रहरीले केसीलाई बुधबार चाबहिल क्षेत्रबाट पक्राउ गरेको हो। प्रहरीले बुधबार मात्रै पूर्वगृहमन्त्री खाणलाई चाबहिलस्थित उनको निजी निवासबाटै पक्राउ गरेको थियो।