• असार ४ २०८२, बुधबार

आज कानुन दिवस, सर्वोच्च अदालतद्वारा चियापान कार्यक्रमको आयोजना

बैशाख २६ २०८०, मंगलवार

काठमाडौं । आज कानुन दिवस । नेपालमा प्रधान न्यायालय स्थापना भएको दिनको सम्झनामा प्रत्येक वर्ष वैशाख २६ गतेको दिनलाई कानुन दिवसका रूपमा मनाउने गरिएको छ ।

तत्कालीन राजा त्रिभुवनबाट नेपालमा वि।सं। २००८ मा प्रधानन्यायाधीश ऐन जारी भई वि।सं। २००९ वैशाख २६ गते लालमोहर लगाएको दिनको स्मरणमा कानुन दिवस मनाउन थालिएको हो ।

कानून दिवसको अवसरमा सर्वोच्च अदालतले मंगलबार दिउँसो २ बजे शुभकामना आदान–प्रसाद तथा चियापान कार्यक्रमको आयोजना गरेको छ ।