काठमाडौं । एमाले महासचिव शंकर पोखरेलले नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाएर विदेश पठाउने धन्धा राष्ट्रघाती भएको हुँदा यसमा संलग्नहरूलाई कडाभन्दा कडा कारबाही हुनुपर्ने बताएका छन् ।
महासचिव पोखरेलले यस गम्भीर विषयको छानबिन तथ्य र प्रमाणका आधारमा गर्नुपर्ने बताउँदै आशङ्काका आधारमा कोही पनि व्यक्तिको बदनाम गर्न नपाइने बताए ।
भुटानी शरणार्थीको छुटेको विवरण सङ्कलन गर्ने काम एमाले सरकारका समयमा नभएको स्पष्ट गर्दै महासचिव पोखरेलले शरणार्थीको विवरण सङ्कलन गरी प्रमाणीकरण गर्ने निणर्य नेपाली कांग्रेस नेतृत्वको सरकारका समयमा तत्कालीन गृहमन्त्री बालकृष्ण खाँणको मन्त्रीस्तरीय निणर्यबाट भएको दाबी गरे ।
राष्ट्रिय युवा संघको प्रथम बैठकलाई सोमबार तुल्सीलाल स्मृति प्रतिष्ठान, च्यासल, ललितपुरमा सम्बोधन गर्दै महासचिव पोखरेलले यो विषय एमालेको सरकारका समयमा अगाडि बढाइएको भनी भ्रमपूणर् प्रचार गरिएकोमा आपत्ति प्रकट गरे ।