• असार ४ २०८२, बुधबार

अध्यक्ष तिमिल्सिना र भियतनामका पूर्व गृहमन्त्रीबीच भेटवार्ता

बैशाख २५ २०८०, सोमबार

काठमाडौँ। राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना र भियतनामका पूर्व गृहमन्त्री एव्म नेपाल भियतनाम मैत्री सङ्घका अध्यक्ष एचआर ट्रान आन तुआनबीच शिष्टाचार भेटवार्ता भएको छ । अध्यक्ष तिमिल्सिना र तुआनबीच अध्यक्ष निवास बालुवाटारमा सोमबार बिहान शिष्टाचार भेटघाट भएको हो ।

सो क्रममा आपसी सहयोग र पर्यटन विकासका क्षेत्रमा सहयोग आदान प्रदान गर्ने विषयमा छलफल भएको छ । भेटमा अध्यक्ष तिमिल्सिनाले दुई देशहरुबीच रहेका सांस्कृतिक र ऐतिहासिक समानतालाई जोड दिँदै दुई देशबीचको सम्बन्धलाई अझ मजबुत बनाउन बौद्ध धर्मले विशेष भूमिका खेलेको बताए ।

उनले बौद्ध जन्मस्थल लुम्बिनीको गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमार्फत नेपाल–भियतनाम सीधा हवाई सम्पर्क स्थापना गर्न सकेमा अझै जनस्तरको सम्बन्ध विकास हुने विश्वास पनि व्यक्त गरे । अध्यक्ष तिमिल्सिनाले व्यापार, पर्यटन र लगानीको क्षेत्रलाई प्राथमिकतामा राख्दै दुई देशबीचको द्विपक्षीय सम्बन्धलाई अझ प्रगाढ बनाउन आवश्यक रहेको बताउँदै दुवै देशका बीचमा रहेको व्यापार घाटा घटाउन आवश्यक पहल गर्न पनि आग्रह गरे ।

नेपालले भियतनामबाट मसला(मरिच), ताजा तथा सुकाइएका फलफूल, माछा, मासु आयात गर्छ भने नेपालले भियतनामतर्फ मासु र कुकुर र बिरालोको खाना निर्यात गर्दै आएको छ ।