• असार ४ २०८२, बुधबार

परराष्ट्र मन्त्रालयका नायब सुब्बा भण्डारी बेगनास तालमा मृत भेटिए

बैशाख २५ २०८०, सोमबार

पोखरा । परराष्ट्रमा मन्त्रालयका नायव सुब्बा ३१ वर्षीय अनुप भण्डारी पोखरामा बेगनासतालमा सोमबार मृत भेटिएका छन् ।

बिहान ८ बजे डुंगाघाट भन्दा ४ सय मिटर टाढा पानीमा तैरिरहेको शव देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । प्रहरीले घटनास्थल पुगेर उनको शव तालबाट बाहिर निकालेर हेर्दा साथमा भेटिएको परिचय पत्रका आधारमा भण्डारीको पहिचन खुलेको थियो ।

भण्डारी आइतबार राति मध्यरात १ बजे काठमाडौंबाट जहाज चढेर पोखरा आएका थिए । जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता डीएसपी श्रवणकुमार विकले बेगनासतालमा भण्डारी फेला परेको पुष्टि गरे ।

३१ वर्षीय भण्डारी जहाजबाट पोखरा आइसकेपछि भण्डारीले राति २ बजे आफ्नो परिवारलाई पोखरा आइपुगेको सन्देश पठाएको स्रोतले जनाएको छ । उनी आइतबार राति १० बजे अपिस जानुछ भनेर घरबाट निस्केका थिए ।