• असार ४ २०८२, बुधबार

माओवादी दलित मुक्ति मोर्चाको अध्यक्षमा श्रीपाली निर्वाचित

बैशाख २५ २०८०, सोमबार

काठमाडौं । नेकपा माओवादी केन्द्र निकट नेपाल दलित मुक्ति मोर्चाको अध्यक्षमा दलजित श्रीपाली चयन भएका छन् । वैशाख २३ र २४ गते सम्पन्न भएको छैठौ राष्ट्रिय महाधिवेशनबाट शेर्पाली अध्यक्षमा चयन भएका हुन् ।

पूर्व खेलकुदमन्त्री समेत भइसकेका श्रीपाली दोस्रो कार्यकाल दलित मुक्ति मोर्चाको अध्यक्ष चयन भएका हुन् ।

दोस्रो संविधान सभा (२०७०) को चुनावमा श्रीपाली समानुपातिक सांसद भएपछि मन्त्री हुने अवसर पाएका हुन् । शेर्पालीको अध्यक्षमा १ सय ९९ सदस्यीय केन्द्रीय कमिटी बनाएको छ ।