काठमाडौं। सोमबारको प्रतिनिधि सभा बैठकमा स्वतन्त्र सांसद अमरेश कुमार सिंह संसद बैठकमै अर्धनग्न बनेका छन् ।
सांसदमा सिंहले बोल्नका लागि सभामुख देवराज घिमिरेसँग आकस्मिक समय माग गर्दा समय नदिएपछि त्यसको बिरोधमा उनले गञ्जी र सर्ट फुकालेर बिरोध गरेका हुन् ।
सांसद सिंह संसद बैठकमै अर्धनग्न भएपछि सभामुख घिमिरेले संसदीय मर्यादाको ख्याल गर्न आग्रह गरेका थिए । सिंह सर्लाहीबाट निर्वाचित सांसद छन् ।