काठमाडौँ । हिमपहिरोमा परी बेपत्ता भएकाहरूको खोजीका लागि नेपाली सेनाको हेलिकप्टर मुगु पुगेको छ । शुक्रबार मुगुको च्यार्खु पाटनमा यार्सा टिप्न गएकाहरु हिमपहिरोमा परेर बेपत्ता भएका थिए ।
घटना भएको शनिबार मात्र थाहा भएकाले सोमबार बिहानै बेपत्ताहरूको खोजी कार्यका लागि सुर्खेतबाट नेपाली सेनाको हेलिकप्टर मुगु पुगेको हो ।हिमपहिरोमा परी ३ जना बेपत्ता भएका मुगुका प्रमुख जिल्ला अधिकारी मोहनबहादुर थापाले जानकारी दिए ।
हिमपहिरोमा परी जुम्लाको पातारासी गाउँपालिका–२ जुम्ला तल्फीगाउँका ३६ वर्षीय पुन्न सार्की , ४० वर्षीय तारासिंह सार्की र ३६ वर्षीय वीरबहादुर बोहोरा बेपत्ता भएका छन्। हेलिकप्टर मुगु पुगेर पहिलो चरणमा दुईजना सुरक्षाकर्मी लिएर घटनास्थलतर्फ गएको उनले बताए । अब फर्किएर पुनः थप सुरक्षाकर्मी लगेर घटनास्थलतर्फ जाने छ ।