• असार ४ २०८२, बुधबार

प्रधानन्यायाधीश नियुक्तिको टुंगो लगाउन संवैधानिक परिषदको बैठक बस्ने

बैशाख २५ २०८०, सोमबार

काठमाडौं। प्रधानन्यायाधीश नियुक्तिको टुंगो लगाउन आज सोमबार संवैधानिक परिषदको बैठक बस्ने भएको छ ।बैठक सोमबार साँझ ६ बजे सिंहदरबारमा बस्न लागेको हो ।

बैठकमा प्रधानन्यायाधीश नियुक्तिको बारेमा छलफल हुने जनाइएको छ । विगत १५ महिना यता सर्वोच्च अदालतमा प्रधानन्यायाधीश नियुक्ति हुन सकेको छैन । प्रधानन्यायाधीश नियुक्ति हुन नसकेकै कारण नेपाल बार एशोसिएसनले आन्दोलन गर्दै आइरहेको छ ।

गत शनिबार प्रधानमन्त्री पुष्पकमल दाहाल र नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीबीच प्रधानन्यायाधीश नियुक्तिको विषयमा छलफल भएको थियो । दुई नेताबीच प्रधानन्यायाधीश नियुक्तिका लागि सिफारिस गर्ने सहमतिपछि परिषदको बैठक सोमबार बोलाउने सहमति भएको थियो ।

सोही सहमति अनुसार शनिबार नै परिषद बैठकका लागि सदस्यहरूलाई पत्राचार गरिएको थियो । लामो समयदेखि प्रधानन्यायाधीश हरिकृष्ण कार्की कामुको रूपमा रहेका छन् ।