• असार ५ २०८२, बिहीबार

काठमाडौंमा अव्यवस्थित तार हटाउन सुरु गरेकाले इन्टरनेट अवरूद्ध हुने सम्भावना

बैशाख २५ २०८०, सोमबार

काठमाडौं। काठमाडौं महानगरपालिकाले महानगरभित्रका अव्यवस्थित तार व्यवस्थित गर्ने अभियानको सुरू गरेको छ ।महानगरको टोलीले सोमबार बिहान माइतीघरबाट अभियानको सुरुवात गरेको हो ।

महानगरले सडक किनारका पोलहरूमा रहेको अव्यवस्थित तारको जालोलाई व्यवस्थित पार्ने अभियानको सुरु गरेको छ । अव्यवस्थित तारले शहरको सुन्दरतामा ह्रास आएको र दुर्घटनाको जोखिम समेत बढेपछि व्यवस्थित गर्ने अभियानको सुरू गरेको महानगरले जनाएको छ ।

पहिलो चरणमा माइती घर मण्डलादेखि बानेश्वर हुँदै एयरपोर्टसम्म र न्यूरोडदेखि वसन्तपुर र असन क्षेत्रको तार व्यवस्थापनको काम हुने भएको छ । यसअघि दूरसञ्चार प्राधिकरण तथा इन्टरनेट सेवा प्रदायक कम्पनीहरूलाई महानगरले १५ दिने म्याद दिंदै अव्यवस्थित तार हटाउन भनेको थियो ।

तार व्यवस्थित पार्ने काम चलिरहेका बेला केही ठाउँमा इन्टरनेट सेवा अवरुद्ध हुन सक्ने सम्भावना रहेको छ ।