• असार ४ २०८२, बुधबार

आजदेखि प्रि-बजेटबारे प्रारम्भिक छलफल सुरु

बैशाख २५ २०८०, सोमबार

काठमाडौं । आजदेखि तीन दिनसम्म प्रि-बजेटबारे छलफल हुने भएको छ । जसअनुसार बैशाख २५ देखी २८ गतेसम्म प्रि-बजेटका बारेमा छलफल हुने भएको हो ।

हिजो बसेको प्रतिनिधिसभा कार्य ब्यवस्था समितिको बैठकले उक्त निर्णय गरे अनुसार आजबाट प्रि बजेटका बारेमा छलफल हुनेछ ।

नेपाली कांग्रेसका सांसद रामहरी खतिवडाका अनुसार प्रि-बजेटमाथि बिहान ११ बजेदेखि बेलुका ५ बजेसम्म छलफल गरिने र छलफलको अन्तिम दिन अर्थात बैशाख २७ गते अर्थमन्त्री प्रकाशशरण महतले जवाफ दिने गरी कार्यतालिका तय भएको छ ।

संवैधानिक ब्यवस्था अनुसार जेठ १५ गते आउन लागेको बजेटको पूर्व सन्ध्यामा राजनीतिक दलहरूले प्रि बजेटका बारेमा छलफल सुरु गरेका छन् ।