• असार ४ २०८२, बुधबार

संवैधानिक परिषदको बैठक बस्दै,प्रधानन्यायाधीश नियुक्तिबारे छलफल गरिने

बैशाख २५ २०८०, सोमबार

काठमाडौं । संवैधानिक परिषद्को बैठक आज साँझ बस्दैछ । प्रधानन्यायाधीश नियुक्तिलगायतका विषयमा छलफल गर्नका लागि सोमबार संवैधानिक परिषदको बैठक बस्न लागेको हो ।

संघीय संसद् अन्तर्गतको प्रतिनिधिसभाको पहिलो अधिवेशन अन्तिम समयमा संवैधानिक परिषद सबन्धी (संशोधन) विद्येयक पेश गर्ने सहमति भए पनि अन्तिम समयमा आएर रोकिन पुगेको थियो । संवैधानिक परिषदका अध्यक्ष प्रधानमन्त्रीलाई विशेषाधिकार बुँदा थप गरेर विद्येयक ल्याइए पछि प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले आपत्ति जनाएको थियो । आपत्ति जनाएसंगै कार्यसूचीमा समावेश गरिसकेको सो विद्येयक अन्तिममा फिर्ता लिएको थियो ।