• असार ४ २०८२, बुधबार

शरणार्थी काण्ड बारे एमाले सांसदले भने,‘टिकट काटेर बसेका छौं, प्रचण्डजी फिल्म देखाउनुहोस्’

बैशाख २४ २०८०, आईतवार

काठमाडौं । एमालेले शरणार्थीको नाममा भएको भ्रष्टाचारको मुद्दामा आफूहरू फिल्म हेर्न टिकट काटेर बसेको बताएको छ ।
संसदको आपतकालीन समयमा एमाले प्रमुख सचेतक पदम गिरीले भने, ‘प्रधानमन्त्रीले कास्टिङ हो । फिल्म देखाउन बाँकी छ भन्नुभएको छ । हामी टिकट काटेर बसेका छौँ । फिल्म देखाउनुहोला ।’

उनले बाँसबारी चप्पल कारखाना, वाइडबडी, लडाकु काण्ड, सीसीटीभी फुटेजका बारेमा पनि संसदको यो अधिवेशनमा छलफल गर्नुपर्ने बताए ।

नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउन भन्दै करोडौँ रकम उठाउनेहरूलाई सरकारले एकपछि अर्को गर्दै पक्राउ गरिरहेको छ । यो आरोपमा एमाले सचिव तथा पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझीविरुद्ध पनि पक्राउ पुर्जी जारी भएको छ ।

तर, आरोपित रायमाझी अहिले फरार रहेका छन् । उनको खोजी भइरहेको प्रहरीले जनाएको छ । रायमाझीका छोरा भने सोही आरोपमा पक्राउ परिसकेका छन् ।