• असार ४ २०८२, बुधबार

झापामा गर्ने भनिएको एमाले बैठक अन्तिममा काठमाडौं सारियो

बैशाख २४ २०८०, आईतवार

काठमाडौं । झापामा हुने भनिएको एमाले केन्द्रीय कमिटी बैठक काठमाडौंमै बस्ने भएको छ । यसअघि केन्द्रीय कमिटी बैठक झापामा बस्ने गरी बोलाइएको थियो ।

वैशाख २८ गतेदेखि ३० गतेसम्म केन्द्रीय कार्यालय च्यासलमै बैठक बस्ने भएको हो । एमाले प्रचारप्रसार विभागका उपप्रमुख विष्णु रिजालले बजेट अधिवेशन र संसदीय गतिविधि लगायत कारणले केन्द्रीय कमिटी बैठक काठमाडौंमै गर्ने निर्णय भएको जानकारी दिए ।

एमालेले ‘मिसन ग्रास रूट अभियान’ र चुनावको समीक्षा गर्न केन्द्रीय समिति बैठक राखेको हो । यद्यपी बैठकका एजेन्डा कार्यालय र सचिवालय बैठकले तय गर्नेछ ।