• असार ५ २०८२, बिहीबार

सुरेन्द्र आचार्य महिला तथा बालबालिका मन्त्रीमा नियुक्त, आजै शपथ ग्रहणको तयारी

बैशाख २४ २०८०, आईतवार

काठमाडौ । महिला तथा बालबालिका मन्त्रालयको जिम्मेवारी नेपाली कांग्रेसका सांसद सुरेन्द्र आचार्यले पाउने भएका छन् ।

राष्ट्रपति कार्यालयका अनुसार नवनियुक्त मन्त्री आचार्यले आजै पद तथा गोपनियताको शपथ लिने कार्यक्रम तय भएको छ । जसअनुसार आज अपरान्ह साढे १२ बजे उनलाई राष्ट्रपति रामचन्द्र पौडेलले पद तथा गोपनियताको सपथ गराउने छन् ।

महिला बालबालिका मन्त्रालय सम्हालीरहेका नेपाल समाजवादी पार्टीका महेन्द्रराय यादवलाई वन वा खानेपानी मन्त्रालयको जिम्मेवारी दिइने बुझिएको छ ।