आज हाँसो दिवस । दिल खोलेर हाँसौ, हसाँउन सकौं । प्रथमपटक भने सन् १९९८ मा भारतको मुम्बईका डाक्टर मदन कटारियाको पहलमा मे महिनाको पहिलो आइतबार विश्व हाँसो दिवस मनाउन थालिएको हो। हाँसोले शारीरिक र मानसिक तनाव हटाउन मद्दत गर्नुका साथै प्रतिरोधी क्षमता बढाउन मदत गर्ने भएकाले जीवनमा हाँसोको ठूलो महत्व छ। हाँस्दा मन शान्त हुने भएकाले पनि प्राय मानिसलाई हाँस्न सल्लाह दिने गरिन्छ । सधैँ हाँसिराख्ने व्यक्तिलाई रोगले पनि कमनै सताउने गर्छ । हाँसो भनेको एक प्रकारको औषधि नै हो जसका धेरै फाइदा छन् । जो हाँस्छ त्यो धेरै बाच्न सक्छ ।
हाँसो एउटा सकारात्मक शक्तिशाली भाव हो, हाँस्नु मानिसको प्राकृतिक स्वभाव हो । हाँस्न कुनै मैल्य लाग्दैन । चिकित्सकबाट नै प्रमाणित कुरा हो हास्नु स्वास्थ्यका लागि फाइदाजनक छ । हाँस्दा मानिसको शरीरमा रहेका विभिन्न खालका रोगहरु निको पार्नुका साथै स्वास्थ्यका लागि फाइदाजनक छ ।
हाँसो तथा मुस्कानले सरीरमा रोगप्रतिरोधी क्षमता समेत बढाउँछ । यसले व्यक्तिको मनोवैज्ञानिक उर्जालाई समेत प्रवर्द्धन गर्दछ । रोगप्रतिरोधी प्रणालीलाई सक्रिय बनाउनका लागि सरीरमा टी कोषहरु हुन्छन् । हाँसेको बेला सरीरका टी कोषहरु सक्रिय हुन्छन् । त्यसैले हाँस्ने कामले जिउको रोगप्रतिरोधी क्षमता बढाउँछ ।
जिवनमा उत्साह , तनाव तथा डरबाट मुक्ति ल्याउनका लागि समेत हाँसो आवश्यक हुन्छ । हाँसोले आपसी सम्बन्ध मजबुत बनाउन सहयोग पूराउँछ । यसले मानिसमा टिमवर्क तथा नेतृत्वदायी क्षमता बढाउन सहयोग मिल्छ ।