काठमाडौं । सरकारको नेतृत्व लिएको नेकपा (माओवादी केन्द्र)का उपाध्यक्ष कृष्णबहादुर महराले ‘नक्कली शरणार्थी प्रकरण’मा संलग्न जो–कोहीलाई पनि कारबाही हुने बताएका छन् ।
शनिबार संवाद डबलीले काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उनले सो प्रकरणमा संलग्नहरुलाई कारबाही गर्ने कुरामा कुनै पनि खालको भेदभाव नहुने बताए ।
उपाध्यक्ष महराले भने, ‘जो दोषी छन् । तिनी कारबाहीको दायरा भित्र पर्दछन्। जो दोषी छैन, त्यो त कारबाहीको दायराभित्र पर्ने कुरा भएन । सरकारभित्र हुन वा बाहिर, दोषीलाई कारबाही हुन्छ। त्यसमा कुनै भेदभाव हुँदैन ।’