• असार ४ २०८२, बुधबार

अमेरिकी सेनाको विमान दक्षिण कोरियामा दुर्घटना ग्रस्त, चालक भने फरार

बैशाख २३ २०८०, शनिबार

सियोल । अमेरिकी सेनाको लडाकु विमान शनिबार दक्षिण कोरियामा दुर्घटनाग्रस्त भएको छ । दुर्घटनामा कुनै हताहती भने नभएको योनहाप समाचार संस्थाले जनाएको छ ।

एफ-१६ लडाकु विमान राजधानी सियोलबाट करिब ७० किलोमिटर दक्षिणमा रहेको प्योङटेकमा स्थानीय समयानुसार बिहान ९ः३१ बजे खेतबारीमा दुर्घटनाग्रस्त भएको थियो ।

उक्त विमानमा सवार एक पाइलट दुर्घटना हुनुअघि भागेका थिए । लडाकु विमानको अधिकांश भाग जलेको छ । घटनास्थलनजिक कुनै घरलगायत अन्य संरचना नभएकाले अरू कुनै क्षति नभएको प्रहरी अधिकारीले बताएका छन् । File photo