काठमाडौं । अमेरिकी इलेक्ट्रोनिक्स डाइभर्सिटी भिसा डीभीको रिजल्ट आज राति आउँदै छ। अमेरिकी प्रशासनका अनुसार मे २६ अर्थात आज राति ९ः४५ मा रिजल्ट सार्वजनिक हुन लागेको हो ।
यसअघि डीभी भर्दा आएको कम्फर्मेसन कोड नम्बरका आधारमा अमेरिकामा जाने चिट्ठा पर्यो कि परेन भन्ने थाहा हुने अमेरिकन डीभी शाखाले जानकारी दिएको छ ।
डीभीका लागि छनोटमा परे नपरेको थाहा पाउनका सबन्धित वेभसाइटमा गएर आफ्नो कन्फर्मेशन नम्बर राख्नु पर्दछ । त्यसबाट डीभी परे नपरेको थाहा हुन्छ ।