• असार ५ २०८२, बिहीबार

भोलीबाट बजेट अधिवेशन सुरु हुँदै

बैशाख २३ २०८०, शनिबार

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसद अन्तर्गतका दुवै सदनको बैठक आह्वान गरेका छन् । मन्त्रिपरिषदको सिफारिसमा पौडेलले बैठक आह्वान गरेसंगै बजेट अधिवेशन आइतबारबाट सुरु हुँदैछ ।

आगामी जेठ १५ गते आउने आर्थिक वर्ष २०८०-८१ को वार्षिक बजेट तथा सोअघिका नीति तथा कार्यक्रमबारे दुवै सदनका बैठकमा प्रारम्भिक छलफल हुनेछ ।

प्रतिनिधिसभा र राष्ट्रिय सभाको बैठक दिउँसो ४ बजे बस्ने संघीय संसद सचिवालयका महासचिव भरतराज गौतमले जानकारी दिएका छन् ।