• असार ५ २०८२, बिहीबार

लुम्बिनीको सम्भावनालाई उपयोग गर्दै लानुपर्ने प्रधानमन्त्री प्रचण्डको भनाई

बैशाख २२ २०८०, शुक्रबार

काठमाडौँ। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बुद्ध जन्मस्थल लुम्बिनीको सम्भावना धेरै रहेकोले त्यसलाई थप उपयोग गर्नुपर्ने बताएका छन् ।

२५६७औँ बुद्ध जयन्ती मूल समारोहलाई आज लुम्बिनीमा सम्बोधन गर्दै प्रधानमन्त्रीले लुम्बिनीको सम्भावना असीमित रहेका सम्भावनाहरूलाई थप उपयोग गर्दै अगाडि जाने बताएका हुन् ।

उनले सरकार बृहत्तर लुम्बिनी गुरुयोजना थालनी गर्न तत्पर रहेकोले लुम्बिनीसँगै कपिलवस्तु, देव दह, रामग्रामलाई समेटेर बृहत्तर लुम्बिनीको रूपमा विकास गरिने बताए ।

उनले क्रान्ति र शान्ति एक अर्काका पूरक रहेको भन्दै उक्त विषयलाई बुझ्ने र ग्रहण गर्नेमा एकरूपता हुन नसकेको बताए ।उनले नेपालको भूमिमा जन्मिएका शान्तिका अग्रदूत बुद्धले सम्पूर्ण मानव जातिको कल्याणको सङ्कल्पसहित गृह त्याग गरी कठोर बन्दै परिश्रमबाट बोधी ज्ञान प्राप्त गरेकोले आज पनि उत्तिकै महत्त्वपूर्ण मानिने गरिएको बताए ।