• असार ५ २०८२, बिहीबार

रायमाझीको खोजी कार्यमा प्रहरीले बढायो तीव्रता

बैशाख २२ २०८०, शुक्रबार

काठमाडौं। नेकपा (एमाले)का सचिव एवं सांसद टोपबहादुर रायमाझी अहिलेसम्म पक्राउ परेका छैनन् ।

उनको खोजी जारी रहेको प्रहरीले जनाएको छ । नेपाल प्रहरीका प्रवक्ता एवं डीआईजी कुबेर कडायतले अझै खोजी कार्य तीव्र रहेको बताएका हुन् ।

नक्कली भुटानी शरणार्थी प्रकरणमा उनीविरुद्ध गएको बुधबार काठमाडौं जिल्ला अदालतबाट पक्राउ पुर्जी जारी भएको थियो । नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाएर अमेरिका लैजाने भन्दै रकम ठगीसम्बन्धी कसुरमा अनुसन्धानका लागि पक्राउ पुर्जी जारी भएको हो ।

सोही प्रकरणका उनका छोरा सन्दीप पक्राउ परिसकेका छन् । बिहीबार काठमाडौं जिल्ला अदालतले उनलाई तीन दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको छ ।