• असार ५ २०८२, बिहीबार

प्रचण्ड–ओली आज पनि छलफल गर्दै

बैशाख २२ २०८०, शुक्रबार

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच आज शुक्रबार पनि भेटवार्ता हुने भएको छ । शुक्रबार दिउँसो ३ बजे भेटवार्ताका लागि सयम तय भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

नक्कली भुटानी शरणर्थी प्रकरणमा एमालेका सचिव तथा प्रतिनिधि सभा सदस्य टोपबहादुर रायमाझीविरुद्ध पक्राउ पुर्जी जारी भएसँगै प्रचण्ड ओली भेटवार्ता बाक्लो हुन थालेको हो । बिहीबार पनि दुई नेताबीच सिंहदरवारमा भेटवार्ता भएको थियो ।

बिहीबारको भेटवार्तामा अध्यक्ष ओलीले भुटानी शरणार्थी प्रकरणमा आफ्नो पार्टीका नेतालाई षड्यन्त्रपुर्ण ढंगले फसाउन खोजिएको त होइन ? भनेर प्रश्न गरेका थिए ।

बुधबार रायमाझीविरुद्ध अदालतले पक्राउ पुर्जी जारी गरेको थियो । प्रक्राउ पुर्जी जारी भएपछि रायमाझी सम्पर्कविहीन छन् ।