• आश्विन १८ २०८१, शुक्रबार

केन्द्रद्वारा नयाँ कम्युनिष्ट अन्तराष्ट्रिय बनाएर संघर्षमा अघि बढ्न सुझाव

बैशाख २२ २०८०, शुक्रबार

काठमाडौं । वैज्ञानिक समाजवादी सिद्दान्तका प्रतिपादक कार्ल मार्क्सको जन्म दिनको अवसरमा अन्तराष्ट्रिय लेखक तथा पत्रकार केन्द्रले विश्वभरका कम्युनिष्टहरुलाई  नयाँ कम्युनिष्ट अन्तराष्ट्रिय बनाएर क्रान्तिको दिशामा अघि बढ्न सुझाव दिएको छ ।

केन्द्रको तर्फबाट अध्यक्ष हस्तबहादुर केसीले आज एक विज्ञप्ति जारी गर्दै यस्तो सुझाव दिएका हुन् । मार्क्सको आज २०५औ जन्ददिन हो । उनी जर्मनीमा जन्मेर संसारका सर्वहारा जनतालाई अधिकारका लागि विद्रोह गर्नुपर्ने विश्वव्यापी सिद्दान्त दिएर गएका छन् ।

यस्तो केसीद्वारा जारी विज्ञप्ति :
वैज्ञानिक साम्यवादका संस्थापक अर्थात् विश्व सर्वहारा वर्गको मुक्तिको सिद्धान्त मार्सवादका प्रवर्तक, विश्वकै पहिलो कम्युनिस्ट पार्टी ‘कम्युनिस्ट लिगका संस्थापक, पहिलो कम्युनिस्ट अन्तर्राष्ट्रियका संस्थापक दार्शनिक कार्ल मार्क्सको आज २०५औं जन्म जयन्ती । आजकै दिन अर्थात् सन् १८१८ मे ५ का दिन जर्मनीको प्रसिया प्रान्त अन्तर्गत ट्रियर शहरमा उहाँको जन्म भएको थियोे । विश्वभर क्रियाशील क्रान्तिकारी लेखक तथा पत्रकारहरुको छाता संगठन हाम्रो अन्तर्राष्ट्रिय लेखक तथा पत्रकार केन्द्रले यस ऐतिहासिक दिनमा मार्क्सप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै सम्मान व्यक्त गर्दछ ।
मार्क्स र एंगेल्सद्वारा कम्युनिस्ट लिगको तर्फबाट सन् १८४८ फेब्रुअरी २१ दिन लण्डनबाट कम्युनिस्ट घोषणापत्र प्रकाशित भयो र त्यस कदमले संसारलाई नयाँ युगमा प्रवेश गराएको थियो, जुन अन्तर्राष्ट्रिय कम्युनिस्ट आन्दोलनको इतिहासमा एउटा युगान्तकारी ऐतिहासिक परिघटना थियो ।
आज मार्क्सवादले दोस्रो चरणमा लेनिनवाद र तेस्रो र नयाँ तथा उच्च चरणमा माओवादको विकास भइरहेको अवस्थामा आज एकातिर दक्षिणपन्थी संशोधनवादी हावी भइरहेको र विश्व कम्युनिस्ट आन्दोलन रक्षात्मक अवस्थामा पुगेको र अर्कोतिर अन्तर्राष्ट्रिय कम्युनिस्ट आन्दोलन पहिलो अन्तर्राष्ट्रिय, दोस्रो अन्तर्राष्ट्रिय, तेस्रो अन्तर क्रान्तिकारी आन्दोलन (रिम) को विघटन पश्चात् अन्तर्राष्ट्रिय कम्युनिस्ट आन्दोलन कम्युनिस्ट अन्तर्राष्ट्रियबिहीन अवस्थामा रहेकोले मार्क्सवाद-लेनिनवाद-माओवादको रक्षा, विकास र प्रयोगको निम्ति विश्वभर क्रियाशील क्रान्तिकारी कम्युनिस्ट पार्टीहरुले एउटा नयाँ कम्युनिस्ट अन्तर्राष्ट्रिय संगठन निर्माण गरेर एकताबद्ध भएर अगाडि बढ्न अन्तर्राष्ट्रिय लेखक तथा पत्रकार केन्द्र हार्दिक आग्रह र अनुरोध गर्दछ । र, यस कदममा हाम्रो ऐक्यबद्धता रहीरहने र सबै प्रकारका सरसहयोग गरिरहने प्रतिबधाता जाहेर गर्दछ ।
क्रान्तिकारी अभिवादन सहित ।
मिति : ५ मे २०२३ (२२ बैशाख २०८०)

हस्तबहादुर केसी
अध्यक्ष