मानव शरीरका लागि अति महत्वपूर्ण हुन्छ पानी । हामी तिर्खा लाग्दा मात्र पानी पिउने गर्छौं तर हाम्रो शरीरमा पानी तिर्खा लाग्दा मात्र होइन जति बेला पनि आवश्यक पर्दछ । पानी कतिबेला पिउनेबारे धेरैलाई थाहा नहुन सक्छ । यसबारे थुप्रै अध्ययन–अनुसन्धान भएका छन् । तिनका रिपोर्टहरुको निष्कर्ष अनुसार दिनको तीन लिटरसम्म पानी पिउँदा राम्रो एकदमै लाभकारी मानिन्छ ।
हरेक बिहान खाली पेटमा तातो ९मनतातो० पानी पिउँदा विभिन्न फाइदा हुन्छ । तातो पानीले पेट सफा गर्नुका साथै पाचन प्रक्रियामा मद्दत गर्छ । जब मानिसको पाचन प्रणाली ठीकठाक हुन्छ, उसको वजन पनि उचित रहन्छ । पेट दुख्दा पनि तातो पानीले कम गर्छ । यसको लागि तातो पानी विस्तारै पिउनुपर्छ । एकै पटक धेरै पिउन हुँदैन ।
बिहान तातो पानी पिउनाले ब्लड फ्लो र सर्कुलेसन सुधारमा पनि मद्दत पुग्छ । त्यतिमात्र होइन, बिहानको तातो पानीले ब्लडप्रेसर सन्तुलित राख्नसमेत मद्दत गर्छ । बिहान उठ्नेवित्तिकै पानी पिउनाले यसले शरीरमा पानीको मात्रा कम भएर हुने डिहाइड्रेसन हुन दिँदैन ।