काठमाडौं । रुसको राष्ट्रपति कार्यालयमा बुधबार राति दुईवटा ड्रोन आक्रमण भएपछि रुसी सरकारी अधिकारी आक्रोसित भएका छन् । युक्रेनले नै ड्रोन हमला गरेको उनीहरुको दावी रहेको छ ।
रुसी राष्ट्रपति भ्लादमिर पुटिनको हत्या गर्नु रहेको रुसीहरुको आरोप रहेको छ । युक्रेनको पुटिनको हत्या प्रयास आफूहरूले असफल बनाएको रुसी सरकारका प्रवक्ता दिमित्री पेस्कोभको छ । उनका अनुसार इलेक्ट्रोनिक राडारको प्रयोग गरेर विशिष्ट सुरक्षा बल युक्रेनी ड्रोनलाई निष्क्रिय पार्न सफल भयो ।
ड्रोन आक्रमणको भिडियो पनि सार्वजनिक भएको छ, जहाँ क्रेमलिन प्यालेसमाथि ड्रोनलाई ध्वस्त बनाइएको देख्न सकिन्छ । यो भवन राष्ट्रपतिको निवास हो, जहाँ पुटिन आफ्नो परिवारसँग बस्छन् ।
ड्रोनका केही टुक्रा राष्ट्रपति कार्यालय क्रेमलिन प्यालेस परिसरमा खसेको थियो । ड्रोन आक्रमण भएका बेला राष्ट्रपति पुटिन भने क्रेमलिनमा थिएनन् । रुसले यस आक्रमणलाई आतंकवादी आक्रमण भनेको छ ।
यता युक्रेनले भने रुसी राष्ट्रपति कार्यालयमा भएको ड्रोन आक्रमणमा आफ्नो संलग्नता नभएको प्रतिक्रिया दिएको छ । हाल रुस र युक्रेनबीच युद्ध चलेको एक वर्षभन्दा बढी भइसकेको छ । रुसले युक्रेनलाई आक्रमणको जिम्मेवार बताइरहँदा युक्रेनी राष्ट्रपति भने हाल नेटो राष्ट्र नेदरल्यान्ड्समा छन् । जेलेन्स्की द हेगस्थित अन्तर्राष्ट्रिय फौजदारी अदालत पनि जाँदैछन्, जहाँ उनले पुटिनमाथि युद्ध अपराधको मुद्दा कडाइका साथ अनुसन्धान हुनुपर्छ भनेर दबाब दिनेछन् ।
यसअघि नै उक्त अदालतले पुटिनले युद्ध अपराध गरेको विषयमा आफूहरूसँग पर्याप्त प्रमाण भएको बताइसकेको छ । आफ्नो देशको राष्ट्रपति भवनमा आक्रमण गरेको भन्दै यतिबेला रुसले युक्रेनी भूमिमा बमबारी गर्न सुरु गरेको छ । जापोर्जिया, ओडेसा, राजधानी किभसँगै विभिन्न क्षेत्रमा रुसले ड्रोनको सहयोगमा हवाई आक्रमण गरेका खबरहरू सार्वजनिक भएका छन् ।
पछिल्लो समय उत्तर एट्लान्टिक सन्धि संगठन नेटोले युक्रेनलाई शक्तिशाली हतियारहरू सहयोग गरेको थियो । नेटोले युक्रेनका सेनालाई युद्धको प्रशिक्षण पनि दिइरहेको छ । संगठनका प्रमुख जेन्स स्टोल्टनबर्ग आफैले युक्रेनको सही स्थान नेटो नै भएको बताएका थिए । त्यसयता युद्ध झनै हिंस्रक बन्ने अनुमान थियो ।
यतिबेला रुसी राष्ट्रपति भवनमा आक्रमण भएपछि उसलाई युक्रेनमा झनै भीषण आक्रमण गर्ने नयाँ बहाना थपिएको छ । रोयटर्स र बीबीसीको सहयोगमा ।
https://fb.watch/kj9t9X4aho/