काठमाडौं । इर्लिङ हालान्डको कीर्तिमानी गोलमा म्यानचेस्टर सिटी इंग्लिस प्रिमियर लिगको शीर्ष स्थानमा उक्लिएको छ।
बुधबार राति भएको खेलमा सिटीले वेस्ट ह्याम युनाइटेडलाई ३–० ले हराउँदै शीर्ष स्थानमा उक्लेको हो। आर्सनल दोस्रो स्थानमा झरेको छ। सिटीको जितमा हालान्डसँगै नाथन एके र फिल फोडेनले गोल गरे।
गोलसँगै हालान्डले प्रिमियर लिगको एकै सिजनमा सर्वाधिक ३५ गोल गर्ने कीर्तिमान आफ्नो नाममा गरेका छन्। हालान्डले लिगको ३३औं खेलमा कीर्तिमानी गोल गर्दै एकै सिजनमा सर्वाधिक गोल गर्ने खेलाडी बनेका छन्।
यसअघि सन् १९९३–९४ मा एलेन शेरेरले ३४ गोल गर्दै एकै सिजन सर्वाधिक गोलको कीर्तिमान आफ्नो नाममा राखेका थिए। त्यो समयमा प्रिमियर लिगमा ४२ खेल हुन्थे। ३८ खेलको लिगमा भने सन् २०१७ मा मोहम्मद सलाहले सर्वाधिक ३२ गोल गर्दै कीर्तिमान आफ्नो नाममा गरेका थिए।
लिगमा अझै ५ खेल बाँकी छ। बाँकी ५ खेलमा हालान्डले यही लयलाई निरन्तरता दिन सके उनले लियोनल मेस्सीको कीर्तिमान पनि आफ्नो नाममा गर्न सक्नेछन्।
युरोपको शीर्ष पाँच लिगमा लियोनेल मेस्सीले सन् २०११–१२ मा ला लिगामा बनाएको ३८ गोलको कीर्तिमान समेत तोड्न हालान्डले तोड्न सक्नेछन्।