• बैशाख ९ २०८२, मंगलवार

बिहीबारका लागि विदेशी मुद्राको विनिमय दर

बैशाख २१ २०८०, बिहीबार

काठमाडौँ ।नेपाल राष्ट्र बैंकले आज वैशाख २१ गते बिहीबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ।

अमेरिकी डलर एकको खरिद दर १३० रुपैयाँ ६२ पैसा र बिक्री दर १३१ रुपैयाँ २२ पैसा पुगेको छ।

आज भारतीय रुपैयाँ १०० को खरिद दर १६० रुपैयाँ रहेको छ भने बिक्री दर १६० रुपैयाँ १५ पैसा रहेको छ ।युरो एकको खरिद दर १४४ रुपैयाँ १० पैसा र बिक्री दर १४४ रुपैयाँ ७६ पैसा रहेको छ।

यस्तैगरी बेलायती पाउण्ड एकको खरिद दर १६३ रुपैयाँ ३५ पैसा र बिक्री दर १६४ रुपैयाँ १० पैसा रहेको छ। कतारी रियालको मूल्य एकको खरिद दर ३५ रुपैयाँ ७५ पैसा र बिक्री दर ३५ रुपैयाँ ९१ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।