• मंसिर १२ २०८१, बुधबार

वर्षाका कारण रोकियो नेपाल र यूएईबीचको खेल

बैशाख १८ २०८०, सोमबार

काठमाडौँ । नेपाल र यूएईबीचको एसीसी प्रिमियर कपको फाइनल खेल वर्षाका कारण रोकिएको छ । पानी परेकाले मैदानमा कभरहरु लगाइएको छ ।

खेल रोकिनुअघि यूएईले १६ ओभरमा ५ विकेटको क्षतिमा ६० रन बनाएको छ । नेपालका लागि करन केसीले दुई तथा सन्दीप लामिछाने, सोमपाल कामी र ललित राजवंशीले एक विकेट लिएका छन् ।