• फाल्गुन २८ २०८१, बुधबार

दाँत दुख्ने समस्याका लागि अपनाउनुहोस् यस्ता घरेलु उपाय

बैशाख १७ २०८०, आईतवार

प्राय सबै मानिसलाई आज भोलि दाँत दुख्ने समस्याले सताउने गरेको छ । दाँतको उपचार महंगो पनि पर्छ । समस्याको उपचारका लागि केही घरेलु उपाय यस्ता छन्, जसको प्रयोगले  अनावश्यक खर्च नगरिकनै दाँतका रोग निको हुन्छन् ।

दाँत दुखाइ ठीक पार्न ल्वाङको तेल प्रयोग गर्न सकिन्छ । यो अत्यन्तै प्रभावकारी हुन्छ । ल्वाङको तेलका दुईतीन थोपा एउटा कपासको डल्लोमा भिजाएर त्यसमा एक चौथाइ चम्चा जैतूनको तेल मिसाउने र त्यसपछि दुखेको दाँतमा यो राखेर मुख बन्द गर्ने , यसले दुखाइ कम गर्छ ।

खोकी लाग्दा खाने गोलीहरूले पनि दाँतको दुखाइ ठीक पार्छन् । यस्ता गोली नचबाइ चुस्ने मात्रै गर्नुपर्दछ ।

दाँत सफा गर्नका लागि ब्रश गर्ने, कुल्ला गर्ने कहिलेकाहीँ दाँतमा अड्केको खानेकुराका कारण दाँत दुख्छ । त्यही भएर राम्रो संग माउथवासले कुल्ला गर्नुपर्दछ ।

दाँत दुखेको ठाउँमा तातो टिब्याग राख्दा पनि राम्रो हुन्छ । टिब्यागमा भएको ट्यान्निक एसिडले गिजा फुल्नबाट रोक्छ ।

अदुवाको बोक्रा छिलेर त्यसलाई टुक्रा टुक्रा बनाउने र त्यसपछि दुखेको दाँतमा लगेर मजाले चपाउने गर्दा बिस्तारै दुखाइ कम हुँदै जान्छ ।