१. शरीर बाहिर पनि धड्कन्छ मुटु
मुटुलाई शरीरको बाहिरतिर झुण्ड्याउँदा पनि यो निरन्तर धड्किइरहन्छ । तर समस्या यति मात्र हो, किटाणुको आक्रमण र सङ्क्रमणले यसलाई छिटो असर गर्दछ ।
शरीर बाहिर मुटु बचाउन निकै समस्या हुन्छ । शरीरको अति संवेदनशील भागका रूपमा रहेको मुटु किटाणुले हम्मेसी आक्रमण गर्न नसक्ने गरी छातीभित्र बसेको हुन्छ ।
शरीर बाहिर ल्याउँदा यदि किटाणुरहित र विषाणुरहित वातावरण हुने हो भने मुटुले निरन्तर काम गरिरहन्छ । तर त्यसमा चोटपटक र घाउ हुनु हुँदैन ।
२. दाँत नहुने फूलले यसरी मासु खान्छन्
कीराफट्याङ्ग्रा तथा चरा वा मुसा खाने विरूवाको जनावरको जस्तो मुख हुँदैन । दाँत र भोजन नली पनि हुँदैन । तर यिनीहरूमा फूलेका फूलहरूमा कीराफट्याङ्ग्रा वा चरामुसा आएको चाल पाउने अति संवेदनशील अनुभूति र क्षमता भने हुन्छ ।
यसका साथै, मासुखाने ती विरूवामा चिप्किएर रहने गुलियो मह वा रस हुन्छ । जब कीरा, चरा वा मुसाले यो रस चाट्न वा खान थाल्छन्, विरूवाको फूल क्रमशः खुम्चिदै आएर बन्द हुन्छ ।
फूलको वरपर हरेका चिप्किने रसभित्र उम्कनै नपाउने गरी कैद भएपछि उनीहरूको मृत्यु हुन्छ । फूलले यी आहारालाई कस्दै पिँधमा पुर्याउँछ । अनि विरूवाको आहाराका रूपमा तिनलाई पचाउन थाल्छ ।
३. साँढे, गाई र बाच्छा डल्फिन !
डल्फिनको समूहलाई “स्कूल” भनिन्छ । पोथी डल्फिनलाई “गाई”, भाले डल्फिनलाई “साँढे” र किशोरलाई “बाच्छा” भनिन्छ । थुप्रै जनावर संरक्षण तथा कल्याणकारी संस्थाका अनुसार विश्वमा करिब ३,००० डल्फिन छन् ।
डल्फिनको बारेमा सबैभन्दा प्रसिद्ध चलचित्रहरू “फ्लिपर” “डल्फिनको दिन”, “जीउस र रोक्सन”, “द कोभ” र “डल्फिन टेल” आदि चर्चामा छन् । यी चलचित्रमा डल्फिनलाई मानिससरह चेतना भएका प्राणीका रूपमा देखाइएको छ ।
२०१० मा, निर्देशक ग्रेग हगलिनले २० मिनेटमा चलचित्र “सर्फिंग डल्फिन” जारी गरेका थिए । यसमा विश्वका उत्कृष्ट कलाकारहरूले भाग लिएका थिए । नाना र नेल्ली रेकर्डमा सबैभन्दा लामो समयसम्म बाँच्ने डल्फिनहरू हुन् ।