• बैशाख ४ २०८२, बिहीबार

विवेक हराएका नेताको विवेक जगाउन महावीरको आन्दोलनलाई समर्थन छ : मिश्र

बैशाख १६ २०८०, शनिबार

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रले महावीर पुनको आन्दोलनलाई पार्टीको समर्थन रहेको बताएका छन् ।
शनिवार माइतीघर मण्डला पुगेर मिश्रले विवेक हराएर निदाएका नेताहरुलाई विवेक जगाउन महावीर पुनले गरेको आन्दोलनलाई राष्ट्रिय प्रजातन्त्र पार्टीको पूर्ण समर्थन र साथ रहने प्रतिवद्धता व्यक्त गरे ।

उनले सरकारले आविष्कार क्षेत्रमा पर्याप्त बजेट छुट्याउन र कानून निर्माण गर्न आवश्यक रहेको बताए । उनले आविष्कार क्षेत्रलाई प्रवर्धन नगरी कुनैपनि देश आर्थिक रुपमा अघि बढ्न नसक्ने पनि स्पष्ट पारे ।

‘सरकारले गर्नुपर्ने काम उहाँले गरिरहनुभएको छ । बजेट आउनुअघि सरकारलाई दबाब दिन आविष्कार क्षेत्रमा पर्याप्त बजेट छुट्याउन र कानून निर्माण गर्न दबाब दिनुभएको छ, यो एकदमै राम्रो छ । हामी राप्रपाका सबै साथीहरु उहाँलाई समर्थन गर्न तयार छौँ,’ उनले भने ।

मिश्रले अयोग्य लडाकुलाई सीपको सट्टा पैसा बाँड्ने काम कुनै हालतमा सह्य नहुने बताए । उनले भएका प्राकृतिक सम्पदाको दोहन गर्न बजेट छुट्याउने तर आविष्कारको प्रववर्ददनका लागि बजेट नछुट्याउनु सरकारको लापरबाही रहेको बताए ।

‘आविष्कार क्षेत्रलाई प्रवर्ददन नगरी कुनैपनि देश आर्थिक रुपमा अघि बढ्न सक्दैन । सबै राजनीतिक दलका नेताहरु पनि यहाँ आउनुपर्छ । चलेको संसदमा प्रधानमन्त्री नियुक्ति गर्ने बाहेक कुनै काम भएन । वार्ताबाट अहिले यो विषय कसरी उजागर हुन्छ,’ उनले भने ।