काठमाडौं । एसिसी प्रिमियर कप अन्तर्गत कुवेतविरूद्धको सेमिफाइनलमा नेपालले ७ विकेट गुमाएको छ । ३५.२ ओभरमा आरिफ शेख १९ रनमा रनआउट हुँदा दुई बलपछि दीपेन्द्रसिंह ऐरी शून्यमा आउट भए । अर्को ओभरमा सन्दीप लामिछाने ५ रनमा आउट भए ।
कप्तान रोहित पौडलले र मध्यक्रमका ब्याट्सम्यान कुशल मल्लले अर्धशतक प्रहार गरे । वर्षाका कारण ४२ ओभरमा झारिएको खेलमा टस हारेर पहिले ब्याटिङ गरेको नेपालका लागि रोहितले ५६ बल र कुशलले ४२ बलमा अर्धशतक प्रहार गरे ।
कुशल ५७ रन जोडेर आउट भए ।
नेपालले ३७ ओभरमा ७ विकेट गुमाएर २३७ रन जोडेको छ । ओपनरद्वय कुशल भुर्तेल ४३ रन र आसिफ शेख ३१ रन बनाएर आउट भए। यस्तै भीम सार्कीले एक रन मात्र जोड्न सके । प्रतियोगिताको अर्को सेमिफाइनलमा ओमान र युएईबीच मुलपानीमा खेल भइरहेको छ ।