• फाल्गुन २५ २०८२, सोमबार

कतारविरुद्ध नेपालको उत्कृष्ट प्रर्दशन : ४१ रन जोड्दा कतारले गुमायो ६ विकेट

बैशाख १४ २०८०, बिहीबार

काठमाडौं । एसीसी प्रिमियर कपको समूह चरणको अन्तिम खेलमा नेपालले कतारविरुद्ध उत्कृष्ट प्रर्दशन गरेको छ।

नेपालले दिएको १ सय ५८ रनको सामान्य लक्ष्य पछ्याएको कतारले पावर प्लेमा ६ विकेट गुमाएको हो। कतारले १३ ओभरमा ६ विकेट गुमाएर ४१ रन बनाउँदै खेलिरहेको छ।

नेपालका सोमपाल कामीले दुई तथा ललित राजवंशी र सन्दीप लामिछानेले एक एक विकेट लिदै नेपाललाई सफलता दिलाएका छन्।