काठमाडौं । लोकसेवा आयोगले शाखा अधिकृतको परीक्षाका लागि परीक्षा केन्द्र सार्वजनिक गरेको छ । तर परीक्षा दिने परीक्षार्थीहरु भने बिचल्लीमा परेका छन् । गत २०७७ सालदेखिको दरखास्त दिएका परीक्षार्थीहरु यतिबेला बिचल्लीमा परेका हुन् ।
अहिले लोक सेवा आयोगले वैशाख २७ गतेदेखि सुरु हुने न्यायतर्फको शाखा अधिकृतकको परीक्षा केन्द्र परीक्षा तालिका र परीक्षा केन्द्र समेत प्रकाशित भएपछि परीक्षार्थीहरुलार्ई आफूले दिएको दरखास्तको डाटा हराएको बल्ल थाहा भएको छ । दरखास्त दिएका करिब चार लाख आवेदकको तथ्यांक ९डाटा० हराएको हो । राष्ट्रिय सूचना प्रविधि केन्द्रको सर्भरमा समस्या देखिएपछि डाटा हराएको खुलासा भएको हो।
पुनः प्राप्तिको प्रयास गरेको दुई महिनाभन्दा बढी भए पनि ‘डाटा रिकभर हुनेरनहुने यकिन गर्न सकिने अवस्थामा नरहेको’ जवाफ केन्द्रले सम्बन्धित निकायलाई दिएपछि परीक्षा दिने विद्यार्थीहरुको भविष्य अब के हुन्छ भन्नेबारे अन्यौल रहेको छ । यस्तो अवस्थामा परीक्षा केन्द्र सार्वजनिक भएपछि आयोगले लिने परीक्षामाथि प्रश्न उठेको छ ।