सुशासन कायम गर्ने क्रममा नेपालमा धेरै प्रकारका चुनौती हरूको सामना गर्नु पर्ने अवस्था छ । राजनीतिक अस्थिरताको अवस्थाले गर्दा कुनै पनि प्रकारका नीतिहरू कार्यक्रम हरूले निर्वाध रूपमा निरन्तरता प्राप्त गर्ने स्थिति छैन । सरकार गठन र पुनर्गठन मै राष्ट्रले अधिकान्ग्स समय खर्चिएको छ ।
सरकारमा कति समय रहन सकिने हो ? कुनै निश्चित छैन । यसबाट सरकारका सवै कार्यहरू प्रभावित बनेका छन् । नेपालको संविधानले नै राजनीतिक अस्थिरता सिर्जना गरेको छ । राजनीतिक दल हरूको संस्कारका कारण समेत अस्थिर राजनीतिबाट राष्ट्र प्रभावित भइराखेको छ ।
लोकतन्त्रको बहाली र पुनर्बहाली पश्चात कुनै पनि सरकारले आफ्नो पूर्ण कार्यकाल व्यतीत गर्न सकेको छैन । राजनीतिक आस्था सिद्दान्त र मूल्य मान्यता विपरीतका राजनीतिक शक्ति हरूसंग सहजै गठवन्धन गरी सरकार गिराउने र आफु सरकारका जाने अर्जुन दृस्टीमा सवै राजनीतिक दलहरू अभ्यस्त छन् ।
अत्यन्त अल्प समयमा राजनीतिक दल हरूका बीच ध्रुवीकरण हुने गरेको छ । जनताका आवश्यकताभन्दा राजनीतिक दलहरू र यसका पात्र हरूका स्वार्थमा राजनीतिक शक्तिहरू केन्द्रित भई राखेको अवस्था छ ।
जनताका इच्छा विपरीतका विवादास्पद निर्णयहरू अस्थिर सरकारहरूले पटक पटक लिइराखेका छन् । यसको परिणाम हो सरकार र राजनीतिक दल हरूले जनताबाट मान्यता र समर्थन प्राप्त गर्न सकेका छैनन । पारदर्शिता र जवाफदेहिता जोखिममा परिराखेको छ । राजनीतिक शक्तिहरू जनताका नजरमा स्वीकार्य भएको अवस्था छैन ।
देशमा ब्याप्त भ्रस्टाचार सुशासनका लागी अर्को चुनौती बनेको छ । शासनको गुणस्तरमा अत्यन्त नकारात्मक प्रभाव परिराखेको छ । नेपाल विस्तारै संस्थागत भ्रष्टाचारतर्फ उन्मुख भइराखेको छ । भ्रष्टाचारले विकाश निर्माण र सार्वजनिक सेवा मात्र प्रभावित हुने होइन यसलाई सामाजिक संस्कारमा रूपान्तरित हुदै आएको अवस्था अत्यन्त संवेदनशील भई राखेको छ .
नेपालको कर्मचारीतन्त्र भ्रस्टाचार, नातावाद, कृपावाद , गैर जिमीवारीपन, संस्थागत भएकाले सम्स्यामुलक बन्दै आएको छ । रोजगारीका समान अवसर प्राप्त गर्ने उदेश्य नै प्रभावित बनेको छ । लामो समयदेखि यो अभ्यास नेपालमा हुदै आएको छ र यो कर्मचारीतन्त्रको संस्कार कै रूपमा पक्कड जमाई राखेको छ । यस प्रकारको कर्मचारीतन्त्रका दुर्गुणका कारण गुणस्तरयुक्त सेवा प्रवाह हुन् सकेको छैन ।
नेपालमा हालका दिनमा उपलब्ध भएका तथ्यांक हरूलाई अध्ययन गर्दा १६% जनसंख्याको हिस्सा निरपेक्ष रूपमा गरीव छन् । यसका अतिरिक्त नेपालको सामाजिक संरचना पनि दोषपूर्ण छ । यसले गर्दा सीमान्तकृत वर्ग हरूले समान रूपमा सहभागिताको अवसर प्राप्त गर्न सकेका छैनन ।
समाजको समुन्नति र रूपान्तरणका लागि राजनीतिक गतिरोधको अवस्थाका कारण समस्या सिर्जना भई राखेको छ । नागरिक हरूमा नैराश्यता छाएको छ । यही कारणले गर्दा युवा हरूको वैदेशिक पलायनको मात्रा बढी राखेको छ । अनियन्त्रित वसाई सराई र वैदेशिक रोजगारमा जाने प्रवृत्तिमा बृद्दी भई राखेको छ ।
जातीय र क्षेत्रिय द्वन्द्वको अवस्था सिर्जना हुदैछ । विभिन्न जात जाति धर्म क्षेत्र र वर्गका बीचको असामन्जस्यताको समाधानका वारेमा राज्यले चिन्तन मनन गर्न सकी राखेको छैन । यसबाट सामाजिक र सुरक्षा सम्बन्धी चुनौती हरूको सामना गर्नु परिराखेको छ । यस्ता समूहहरू वेला वखत आमने सामने हुने स्थिति बिध्यामन छ । शान्ती अमनचैन र सौहार्दपूर्ण सम्बन्धको अभावमा सुशासनको कल्पना गर्न सकिदैन ।
हामीले नचाहँदा नचाहँदै पनि नेपाल अत्यन्त गरीव देशका रूपमा स्वीकार गर्नु पर्दछ । सैन्य र सामरिक शक्तिका हिसावले पनि कमजोर र सामाजिक हिसावले पनि जोखिमपूर्ण अवस्थामा रहेको स्थिति छ । संक्रमणकालीन अवस्थाका कारण देश अझै कमजोर बन्दै गएको छ । राज्यको हर बिषयमा क्षमता कमजोर सावित भएको छ । स्रोत साधनको अपर्याप्तता छँदैछ ।
अन्तराष्ट्रिय समुदाय र दाता हरूको सहयोगको अभावमा आधारभूत आवश्यकता हरूको परिपूर्ति सम्म पनि गर्न नसक्ने अवस्थाबाट राष्ट्र गुज्री राखेको छ । जव हामी परनिर्भर हुन्छौ, सवै प्रकारका हस्तक्षेपहरू हुदै जान्छन् । यस अवस्थामा सरकार बढी सतर्क हुनु पर्ने अवस्था छ । तर यो हैसियत नेपालका सरकार हरूले प्रदर्शन गर्न सकेका छैनन ।