• फाल्गुन २८ २०८१, बुधबार

गर्मी मौसममा लगाउनुहोस् यस्ता पहिरन

बैशाख १० २०८०, आईतवार

मौसम परिवर्तन भएसँगै पहिरनमा पनि परिवर्तन स्वभाविक र आवश्यक हुन्छ । पातला र सितलता प्रदान गर्ने खालको कपडाको प्रयोग हुन्छ । गर्मीमा यस्तो पहिरन होस् जसले सितलताका साथसाथै अरुलाई पनि आकर्षण गरोस् । सबै चाहन्छन् कि पहिरन वा कपडा आकर्षक पनि देखियोस् र स्टाइलिस पनि होस् ।

गर्मी मौसममा कपडाको प्रयोग गर्दा विभिन्न कुरामा ध्यान दिन जरुरी छ । गर्मीमा हल्का रंगको प्रयोग गर्नु उपयुक्त हुन्छ जसले आँखालाई पनि सितलता प्रदान गरोस् । कटन मिसिएको सिल्क, शिफोन, लिनन, जाँरजट र हेन्डलुम तथा खादीबाट बनेको लुगा जसले पसिनालाई सोसोस्, यस्ता कुरामा ध्यान दिन जरुरी छ ।

 

गर्मीमा अधिकांश युवतीहरुले स्लीवलेस ड्रेस लगाउन मनपराउँछन् तर यसले गर्मीमा हात र छाला डढ्न सक्छ । छालालाई घामबाट जोगाउनको अति आवश्यक पर्छ ।  दिउँसो यस्तो लुगा लगाउनुहोस् जो कटन तथा फुल स्लव्ज होस् । रात र विहानको समयमा स्लीवलेस लगाउँदा राम्रो हुन्छ । किनकि, कपडाले शरीरमा जति कम छुन्छ उति नै शितल रहन मद्दत गर्छ ।  यसैगरी, घाँटी वा अनुहार छोप्ने स्कार्फको प्रयोग गर्नुहोस् । साथै, आँखाको लागि सनग्लासको पनि प्रयोग गर्नुहोस् जसले आँखालाई शितल बनाउँछ ।

गर्मीमा फेशन कूल हुन आवश्यक छ । लिनन तथा कटनको कपडाको प्रयोग गर्नुहोस् । कटनको प्रिन्ट, कुशन, साधारण क्रोशियावाला डिजाइनको फेब्रिक यो मौसमका लागि राम्रो हुन्छ । युवाहरुले आफ्नो सहजताका हिसवामा कटन पेन्ट र कमिज लगाउँदा राम्रो देखिन्छ । सिल्क, साटन, सेन्थेटिक, कोलेस्टर मिक्स, नायलन, वेलवेट कपडाबाट इन्फेक्सन हुन सक्छ । धेरै फेब्रिक भएको कपडा नलगाउनुहोस् जसलाई सम्हाल्न समस्या पर्न सक्छ ।

गर्मी मौसममा धेरै फिटिङको सट्टा हल्का र खुकुलो खालको कपडा लगाउनुहोस् । टाइट कपडा लगाउँदा फिगर राम्रो देखिएपनि पसिना आउने भएका कारण कपडा विग्रन सक्छ ।