• मंसिर १५ २०८१, शनिबार

भारतबाट ९ महिनामा आयात गरियो १७ करोडको पापड

बैशाख ९ २०८०, शनिबार

काठमाडौँ । चालू आर्थिक वर्ष २०७९–८० को ९ महिनामा करोडौं रुपैयाँ बराबरको पापड आयात भएको छ । भन्सार विभागले सार्वजनिक गरेको साउनदेखि चैतसम्मको तथ्यांकअनुसार ९ महिनामा १७ करोड ७८ लाख रुपैयाँ बराबरको पापड आयात भएको हो ।

विभागका अनुसार ९ लाख ७९ हजार किलोग्राम बराबरको पापड भित्रिएको छ । यो परिणामको पापड ल्याउँदा आयातकर्ताले सरकारलाई ९ करोड ४० लाख रुपैयाँ राजश्व बुझाएको छ ।

नेपालमा भित्रिने सबै पापड दक्षिण छिमेकी मुलुक भारतबाट आउने गरेको छ । नेपालबाट समेत विदेशतर्फ पापड निर्यात हुने गरेको छ । भन्सार विभागको तथ्यांकअनुसार नेपालबाट पापड, दालमोट र भुजियाका रुपमा एकमुष्ट २१ करोड रुपैयाँको निर्यात भएको छ ।