काठमाडौं । एसीसी प्रिमियर कप क्रिकेट प्रतियोगितामा ३११ रनको चुनौती पछ्याउँदै ब्याटिङ गरेको ओमानको नेपालले पाँचौँ विकेट लिएको छ ।
नेपालका दीपेन्द्रसिंह ऐरीले विकेट लिएका हुन् । उनले आयन खानलाई २९ रनमा आउट गराए । योसँगै ओमानले २३ ओभरको समाप्तिमा पाँच विकेटको क्षतिमा ९९ रन बनाएको छ ।
यसअघि सन्दीप लामिछानेले तीन विकेट लिए । उनले विश्व कीर्तिमान बनाउने क्रममा एकै ओभरमा दुई विकेट लिए । आदिल शाफिकलाई आउट गरेसँगै सन्दीपले विश्व कीर्तिमान बनाए । उनले १२.३ ओभरमा विकेट लिए । १२.६ ओभरमा सन्दीपले ओमानका जिशान मक्सोदलाई शून्यमा आउट गराउँदै एकै ओभरमा दुई विकेट लिए ।
यसपछि सन्दीपले आफ्नो दोस्रो ओभरमै विकेट लिए । उनले कास्यप प्रजापतिलाई २५ रनमा आउट गराउँदै तीन विकेट लिएका हुन् ।
त्यस्तै, ललितनारायण राजवंशीले एक विकेट लिए । उनले ओमानका जतिन्दर सिंहलाई १५ रनमा आउट गराए ।
यसअघि टीयू क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित ५० ओभरमा आठ विकेटको क्षतिमा ३१० रन बनाएपछि ओमानले विशाल लक्ष्य पाएको हो । समूह ‘ए’ को खेलमा नेपालले ओमानलाई ठूलो लक्ष्य दिएको हो । नेपालले एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा बनाएको यो सबैभन्दा ठूलो स्कोर हो ।