एजेन्सी । बलिउडमा ‘सेक्स र्याकेट’ चलाएको आरोपमा कास्टिङ निर्देशक तथा अभिनेतृ आरती मित्तल पक्राउ परेकी छिन्। उनीमाथि ग्राहकलाई मोडल सप्लाइ गरेको तथा फिल्म उद्योगमा ‘सेक्स र्याकेट’ चलाएको आरोप छ।
मुम्बई क्राइम ब्रान्च युनिटले उनीमाथि गैरकानुनी तस्करी र वेश्यावृत्तिअन्तर्गत कानुनी कारबाही थालेको छ। भारतीय समाचार संस्था एनआइका अनुसार प्रहरीले उनीकहाँ नक्कली ग्राहक पठाएर प्रमाण जुटाएको थियो।
र्याकेटमा रहेका अन्य मोडललाई पनि नियन्त्रणमा लिइएको छ। उनीहरुलाई रिह्याब सेन्टर पठाइएको छ। मित्तलले पैसाको लोभ देखाएर संघर्षरत मोडेललाई उक्त धन्दामा पठाउने गरेको प्रहरीले जनाएको छ।
मनोज सुतार नामका एक इन्सपेक्टरले आरतीसँग ग्राहकका रुपमा डिल गरेका थिए। आफ्ना साथीका लागि २ मोडल चाहिएको बताएका थिए। आरतीले उनीसँग होटेल बुक गराउनुका साथै ६० हजार रुपैयाँ मागेकी थिइन्।
आरती कास्टिङ निर्देशकका साथै अभिनेत्री हुन्। उनले एक टिभी सिरियल ‘अपनापन’मा समेत काम गरेकी छन्। जी ५ को सिरिज एसप्लोसिबमा पनि देखिसकेकी छिन्। उनले आफू अहिले अभिनेता आर माधवनसँग काम गरिरहेको सामाजिक सञ्जालमार्फत् बताएकी थिइन्।