• मंसिर १३ २०८१, बिहीबार

अस्वस्थ राष्ट्रपति पौडेललाई थप उपचारका लागि भारत लाने तयारी

बैशाख ६ २०८०, बुधबार

काठमाडौं । महाराजगन्जस्थित त्रिवि शिक्षण अस्पतालमा भर्ना भएका राष्ट्रपति रामचन्द्र पौडेललाई भारत लाने तयारी भएको छ।

मंगलबार भर्ना भएका पौडेललाई थप उपचारका लागि भारत लाने तयारी सरकारले गरेको हो।

राष्ट्रपति पौडेलको छातीमा देखिएको संक्रमण कम नभएपछि थप उपचारका लागि भारत लान चिकित्सक र परिवारबीच परामर्श भइरहेको शिक्षण अस्पतालका प्रशासन प्रमुख वैकुण्ठ थपलियाले जानकारी दिए।

परिवारका सदस्यले थप उपचारका लागि भारत लानुपर्ने बताएपछि सरकारले एयर एम्बुलेन्समार्फत् भारत लाने तयारी गरेको हो।