• बैशाख ९ २०८२, मंगलवार

मलेसियाले नेपाललाई दियो २३६ रनको लक्ष्य

बैशाख ५ २०८०, मंगलवार

काठमाडौं । एसीसी प्रिमियर कप क्रिकेट अन्तर्गत मलेसियाले नेपाललाई २३६ रनको लक्ष्य दिएको छ।

त्रिवि क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको मलेसियाले ५० ओभर खेल्दै ९ विकेटको क्षतिमा २३५ रन बनाएको हो।

मलेसियाका लागि सबैभन्दा धेरै अहमद फेजले ९५ बलमा ७६ रन बनाए। उनी सन्दीप लामिछानेको बलमा आसिफ शेखबाट स्टम्पिङ भए।

त्यसैगरी, विरनदी सिंहले ४६, मुहम्मद अमिरले १७, विजय युन्नी १२, सैयद अजिज १४, मुहम्मद सैयादत २० र खिजार हायातले २५ रनको योगदान गरे।

नेपालका लागि सोमपाल कामी र सन्दीप लामिछानेले समान तीन-तीन विकेट लिए। ललित राजवंशीले २ र गुलशन झाले एक विकेट लिए।