• मंसिर ११ २०८१, मंगलवार

पाइरेसीको सिकार बन्यो दयाहाङको ‘जारी’, पोखरेलले गरे साइबर ब्युरोमा उजुरी

बैशाख ३ २०८०, आईतवार

काठमाडौं । देशभरका हलहरुमा प्रदर्शनमा रहेको नेपाली कथानक चलचित्र ‘जारी’ पाइरेसी भएको भन्दै निर्माण पक्ष प्रहरी प्रधान कार्यालय साइबर ब्युरोमा उजुरी दिन पुगेको छ ।

सामाजिक सञ्जालमार्फत् चलचित्र पाइरेसी भएको भन्दै निर्माण पक्ष पाइरेसी रोक्न र यसबारे अनुसन्धानको माग गर्दै साइबर ब्युरो पुगेको हो ।

टिकटक, फेसबुक, युट्युब इन्स्टाग्राममार्फत् चलचित्र पाइरेसी भएको भन्दै निर्माता मणिराम पोखरेलले उजुरी दिएका हुन् ।

हलबाट खिचेर सामाजिक सञ्जालमा सिनेमाका क्लिप्स अपलोड गर्दा निर्माण पक्षलाई आर्थिक घाटा भएको निवेदनमा उल्लेख छ । उपेन्द्र सुब्बाले निर्देशन गरेको चलचित्र वैशाख १ गतेबाट प्रदर्शनरमा छ । दयाहाङ राई, मिरुना मगर मुख्य भूमिकामा छन् ।