कोभिड–१९ भाइरसको संक्रमण शून्यबाट पुन माथि उक्लन थालेपछि चिन्ताको विषय बनेको छ । रुप फेरिरहने यो भाइरस अहिले नयाँ रुपमा देखा परेको छ । नेपालमा दुई सातादेखि कोरोना संक्रमण दर ह्वात्तै बढिरहेको छ । मानिसहरुले अहिले मास्क लगाउन छाडेका छन् भने भौतिक दुरी कायम राख्ने र साबुन पानीले हात धुन समेत छाडिसकेको अबस्था छ ।
कोरोना पुरै निर्मुल भए जसो गरि मानिसहरुले अनुशासनको पालना गर्न छाड्दा अहिले संक्रमण दर बढ्ने क्रममा छ । संक्रमण बढिरहेकै बेला अहिले संक्रमणबाट विरामीको मृत्युसमेत भइसकेको अबस्था छ । यसले पुन जनस्वास्थ्यमा पुन एक पटक सजग हुनुपर्ने संकेत गरेको छ ।
शुरुमा कोरोनाको नयाँ भाइरसक आउँदा डर लाग्दो अबस्था थियो । कोरोना नयाँ भाइरससँगै नयाँ भाइरसको उत्परिवर्तन हुदाँ समस्या विकराल बन्दै गयो । वैज्ञानिकहरूले गरेका अनुसन्धानका आधारमा यसको घातक पक्ष कमजोर हुँदै गइरहेको छ । यसो भन्दै गर्दा अब भाइरसले केही हुदैन भनेर हेलचक्रयाइ गर्नु हुँदैन । सानो कमजोरीले गम्भीर क्षति निम्तन सक्छ । त्यसैले बेलैमा सजग हुनु जरुरी छ । वैश्विक महामारीको यो चपेटा सुरु भएको तीन वर्षभन्दा बढी भइसकेको छ । यो अवधिमा धेरै मानिसको ज्यान गयो । ठूलो आर्थिक क्षति भयो । विकास निर्माण र सार्वजनिक क्षेत्रमा खर्च गर्नुपर्ने रकम खोप र औषधि खरिद गर्नमै सीमित भयो । यसले मानवीय संकट मात्र नित्याएन, मुलुकको अर्थतन्त्रलाई तहसनहस पार्यो । धेरै उद्योग, कलकारखाना बन्द गए । कोरोनाकालमा बन्द भएका कतिपय उद्योग अझै खुल्न सकेका छैनन् । खुलेका जति तङग्रिन पाएका छैनन् ।
फेरी हाम्रो आफ्नै लापरवाहीले कोरोना संक्रमण बढेमा भर्खरै तङग्रनै लागेको अर्थतन्त्र झनै डामाडोल हुने अबस्थामा पुग्न सक्छ । संक्रमणलाई भयाबय अबस्था बन्न नदिन राज्य र नागरिक जिम्मेवार हुनुपर्छ । राज्यले केही गरिहाल्छ नि भनेर बस्ने अबस्था अब छैन । विगतमा कोरोनाबाट भएको क्षतिको मुल्यांकन गरेर नागरिक स्वयं सचेत रहनु बुद्धिमानी हुनेछ । संक्रमण बढ्दो छ । कोरोना भाइरस नियन्त्रणका लागि सबै सचेत हुनुपर्छ । मास्क लगाउने, साबुन पानीले हात धुने, भौतिक दूरी कायम राख्ने र उही कुरा पुनः दोहोर्याउने। अब पनि राज्य छ हेरिहाल्छ भनेर बस्नु भन्दा आफ्नो स्वास्थ्यमा आफै ख्याल गर्नु जरुरी छ ।